+
+

कैलाली-२ मा नागरिक उन्मुक्तिलाई पछि पार्दै माओवादीले लियो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १४:४३

 ७ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी पछि परेका छन् । चौधरीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् ।

कुल १५ हजार २३५ मत गणना सकिंदा बडुवालले पाँच हजार ११९ मतसहित अग्रता लिएका छन् । चौधरीले चार हजार ५५३ मत ल्याएका छन् ।

नेकपा एमालेका झपटबहादुर रावलले चार हजार दुई मत प्राप्त गरेका छन् । एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?