+
+

मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:११

७ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज. ४४६६ नम्बरको जीप इन्द्रसराेबर गाउँपालिका-२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेकाे थियो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?