+
+

मोरङबाट एमालेका जयप्रकाश प्रदेशसभामा निर्वाचित, कांग्रेसका गुरुराज घिमिरे पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २०:०४

७ मङ्सिर,विराटनगर । मोरङ-४ प्रदेशसभा क्षेत्र नं १ मा कांग्रेस नेता गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरी १५ हजार ४६५ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मत पाएका छन् ।

पराजित भएपछि घिमिरेले चौधरीलाई बधाई दिदै प्रदेशसभामा उल्लेख्य काम गर्न आग्रह गरेका छन् । उनले आफूले हारलाई स्वीकार गरेको बताए  ।

‘यसलाई पाठको रुपमा लिन्छु, जनताको फैसलालाई स्वीकार गर्नुपर्छ’,  चौधरीलाई बधाई दिँदै घिमिरेले भने, ‘खेलाडी भावना अनुसार जित र हारलाई सहज रुपबाट स्वीकार गुर्नपर्छ ।’

उनले आफ्नो अनुभव र ज्ञानका आधारमा चौधरीलाई सहयोग गर्ने पनि बताए ।

निर्वाचित चौधरीले मतदाताको भावना अनुसार प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताए । उनले आफूलाई विजयी गराउने मतदातालाई पनि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?