+
+

गगन थापाको ‘प्रिय पात्र’ हराउँदै सांसद बने वेदबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २२:५५

७ मंसिर, पोखरा । असोज २३ गते मनोनयन गर्नुअघि पोखरामा कांग्रेसीजनभित्र चर्चा चुलियो, ‘एक से एक कांग्रेस नेता हुँदा हुँदै गगन थापाले टेबल टोकेर दीपक गुरुङ ‘माइला’लाई टिकट दिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नम्बर १३ को सदस्यमै पराजित माइलालाई कास्की क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’मा टिकट दिँदा धेरैले अचम्म मानेका थिए ।

चुनावी अभियानका क्रममा मादी गाउँपालिका र पोखरा सहरी वडामा पनि कांग्रेसको बाहुल्यता रहेको तथा दीपकको सम्बन्ध पनि राम्रो रहेकाले जित्न सक्ने बताइएको थियो । कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले दीपकका लागि भिडियोमार्फत भोट अपिल नै गरेका थिए ।

तर, गगनका प्रिय पात्र भनिएका दीपकलाई पराजित गर्दै कास्की–३ (२) मा यसअघि नै मादी गाउँपालिका अध्यक्ष भइसकेका एमाले नेता वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भएका छन् ।

एमालेका श्यामले १२ हजार ६६१ र कांग्रेसका दीपकले ११ हजार ७९४ मत प्राप्त गरे । राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६५६ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष निर्वाचित श्याम यो पटक प्रदेश सभा सदस्यका उम्मेदवार बनेका हुन् । कास्कीको साविक सिल्दजुरे गाविस ताङतिङमा जन्मेका गुरुङले कलाकारको पहिचान पनि बनाएका छन् ।

मादी गाउँपालिकामा ५ वर्ष अध्यक्ष भएर काम गरेका ५२ वर्षीय गुरुङ प्रदेशको नीति निर्माण तहमा पुगेका छन् ।

२०४५ सालमा अनेरास्ववियु एकता पाँचौमा आवद्ध भएर उनको राजनीतिक यात्रा सुरु भएको हो । नेकपा एमालेको भातृ संस्था अनेरास्ववियु, युवा संघको विभिन्न तहमा बसेर काम गरेका गुरुङ २०५२ सालमा एमालेको तत्कालिन इलाका नम्बर५ को उपसचिव भएका थिए ।

नेकपा एमालेको क्षेत्रीय कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहुँदै अहिले गुरुङ एमाले गण्डकीको सचिवालय सदस्य छन् । लोकतान्त्रिक तमु संघको अध्यक्ष रहेको गुरुङले गुरुङ फिल्म एसोसिएसन नेपालको २ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । २०४६, २०६२÷०६३ का आन्दोलनमा उनी पार्टीको तर्फबाट सक्रिय रुपमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?