+
+

सबाना आजमी काठमाडौं आइपुगिन्, आदित्य नारायण आज आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १६:१५

काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी आजदेखि  सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतले स्वागत गरे । महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम छ ।

आइतबार भारत फर्कने आजमीले नेपालमा रहँदा मण्डला थिएटरमा चल्ने नाटकहरु पनि अवलोकन गर्नेछिन् ।

सबाना आजमी विहिबार त्रिभुवन विमानस्थलमा ।

यसैबीच, बलिउड अभिनेता, गायक एवं टीभी होस्ट आदित्यनारायण झा पनि शुक्रबार काठमाडौं आउँदैछन् । गायक उदितनारायण झाका छोरा समेत रहेका आदित्यले शनिबार फरेनहाइट क्लबमा हुने कन्सर्टमा सहभागी लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?