+
+

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ८:२७

९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?