+
+

विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:१४

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् ।

आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए ।

आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ ।

आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ ।

यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग आफ्नो दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ७ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । कतार उद्घाटन खेलमा इक्वेडरसँग र सेनेगल नेदरल्याण्ड्ससँग समान २-० ले पराजित भएका थिए । त्यसैले दुवै टोली पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

समूह ए कै नेदरल्याण्ड्स र इक्वेडर लगातार दोस्रो जितको लक्ष्यसहित राति पौने १० बजे प्रतिस्पर्धामा उत्रिनेछन् । यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा हुनेछ । नेदरल्याण्ड्स र इक्वेडर दुवैले पहिलो खेलमा क्लिनसिट राख्दै जित निकालेका थिए । दुवै टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ ।

यसैगरी मध्यराति पौने १ बजे इंग्ल्याण्डले अमेरिकासँग खेल्दैछ । यो खेल अल बायत स्टेडियममा हुनेछ । इंग्ल्याण्डले पहिलो खेलमा इरान विरुद्ध ६-२ को जित निकालेको थियो । उता अमेरिकाले भने पेनाल्टीमा गोल व्यहोरेपछि वेल्ससँग अंक बाँडेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?