 
																			९ मङ्सिर, विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले संसदीय दलको नेतामा दावी गर्ने नगर्ने विषयमा अहिले नै निर्णयमा नपुगेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले संसदीय दलको नेतामा दावी गर्ने नगर्ने विषयमा साथीहरुसँग सल्लाह गरेर मात्रै निर्णय लिने बताए ।
यो विषयमा सहकर्मी र पार्टीका नेतासँग सल्लाह गरेर मात्रै अघि बढ्ने उनको भनाइ थियो । चुनावी प्रक्रिया नसकिंदै दलको नेतामा दावी गर्न उपयुक्त नहुने भन्दै उनले भने, ‘नतिजा आइसकेको छैन, को– को साथीले जित्नु भयो भन्ने सबै जानकारी पनि छैन, समानुपातिकमा को हुने पनि थाहा छैन । अब सल्लाह गरेर मात्रै अघि बढ्छु ।’
‘म भर्खरै निर्वाचित भएको छु। अब ३–४ दिन विराटनगरमै रहन्छु,’ उनले फेरि भने, ‘त्यसपछि काठमाडौं पुगेर साथीहरूसँग सल्लाह गर्छु ।’ उनले निर्वाचनपछि सत्तारुढ गठबन्धनले नै सरकार बनाउने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4