+
+

गुल्मीमा प्रदेशसभाबाट एमालेका चिन्तामणि पाण्डे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते २०:२१

९ मंसिर, गुल्मी । गुल्मी-१ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्‍मेदवार चिन्तामणी पाण्डे निर्वाचित भएका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रका सुर्दशन बराललाई ८२४ मतान्तरले हराउँदै पाण्डे प्रदेशसभामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

पाण्डेले १५ हजार १२७ मत पाउँदा माओवादी केन्द्रका बरालले १४ हजार २६३ मत ल्याए ।

पाण्डेसँग पराजित बराल ०६४ सालमा गुल्मी-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

बराल ०७४ सालमा बाम गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?