+
+

विश्वकप प्रिभ्यूः जर्मनीलाई हराएको जापान टिम कोस्टारिकाविरुद्ध आशावादी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १४:५२

जापानविरुद्ध कोस्टारिका
दिउँसोः १५ः४५ बजे
अहमद विन अलि रंगशाला, दोहा कतार

११ मंसिर, काठमाडौं । जापान र कोस्टारिका दुवैले विपरीत तरिकाबाट कतार विश्वकपको सुरुवात गरेका छन् ।

समूहको पहिलो खेलमा ब्लु समरिन (जापानी फुटबल टिमको अर्को नाम)ले २०१४ को च्याम्पियन जमर्नीलाई हराउनु एसियाली टिम इतिहासकै सबैभन्दा ठूलो क्षण थियो ।

कोस्टारिका टिम अघिल्लो खेलमा स्पेनसँग ७–० को फराकिलो नतिजामा स्तब्ध रह्यो । विश्वकपमा उसको यो सबैभन्दा ठूलो हार हो । यो खेलमा स्पेन हावी हुनेछ भन्ने पूर्वानुमान थियो नै तर, यो गोलअन्तरको अपेक्षा धेरैले गरेका थिएनन् ।

सुरुवाती खेलले यो समूहको पूरै समीकरण परिवर्तन गरिदिएको छ । लगातार दोस्रो जितसँगै नकआउट चरणमा प्रवेशका लागि जापन प्रयासरत हुनेछ । कोस्टारिकाले प्रतियोगितामा फर्किने लक्ष्य बनाउनेछ ।

पछिल्ला केहि विश्वकपमा जापानले एक प्रभावशाली टिम प्रदर्शन गरिरहेको छ । चार वर्षअघि सेनेगल, कोलम्पिया र पोल्याण्ड सम्मिलित समूहबाट माथि उठेको जापानले अन्तिम १६ मा बेल्जियमसँग २ गोलको अग्रता लिएर पनि ३–२ ले पराजित हुनुपरेको थियो ।

सन् २०१० को विश्वकपमा पनि जापानले समूह चरण पार गर्दा अन्तिम १६ मा पाराग्वेसँग पेनाल्टी शुटआउटमा हारेपछि बाहिरिनुपरेको थियो ।

जर्मनीलाई हराएको समाचारले जापानबासीमा एक खुसी र अप्रत्यासित अवसरको बहार आयो । जबकी यही क्यालेण्डर वर्षमा जापानले अमेरिका, घाना, अष्ट्रेलिया, दक्षिण कोरिया र साउदी अरबलाई परास्त गरिसकेको छ ।

कोस्टारिकाको वर्तमान टिमका ६ खेलाडी सन् २०१४ को विश्वकप टिमका सदस्य थिए । सो संस्करणमा कोस्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो । सोही टिमका पाँच खेलाडी स्पेनसँगको खेलमा सुरुवाती टिममा परेका थिए । ती सबै खेलाडी ३० वर्षभन्दा माथि उमेरका छन् ।

कुनै समय विश्वका उत्कृष्ट गोलरक्षक रहिसकेका केलर नाभास स्पेनसँग खेलमा निराश थिए । उनका प्रयास सार्थक थिएनन् । उनी स्पेनको चौतर्फी हमलामा केहि गर्न सकेनन् । नाभास र कोस्टारिका टिमले जापानसँग अघिल्लो खेलकै नियतीबाट माथि उठ्न धेरै ठूलो प्रेरणा लिनुपर्नेछ ।

१९९० मा पहिलो पटक फिफा विश्वकप खेलेको कोस्टारिका पहिलो संस्करणमा नै राउण्ड अफ १६ मा पुगेको थियो । त्यसपछिको १९९४ र १९९८ को विश्वकपमा छनोट हुनै सकेन । २००२ र २००६ मा चरणबाटै बाहिरियो । सन् २०१० मा छनोट हुन नसके पनि सन् २०१४ मा ब्राजिलमा भएको विशवकपमा उसले क्वाटरफाइनल पुगेर अहिलेसम्मकै उत्कृष्ट नतिजा निकालेको थियो । चार वर्षअघि रुसमा भने उनीहरु समूह चरणबाट माथि जान सकेनन् ।

हालसम्मको कोस्टरिका र जापानको पटकमात्र आमने सामने भएका छन् । र, दुवै खेल जापानले जितेको छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?