+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आयातमा नगद मार्जिनको प्रावधान यथावत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते २०:४६

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन ।

यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो । मौदि्रक नीतिको समिक्षामा भनिएको छ, ‘आव २०७९/८० को मौदि्रक नीतिमा व्यवस्था भएका मौदिक्र उपकरणहरुलाई निरन्तरता दिइएको छ ।’

पछिल्लो समय निजी क्षेत्र र बहुराष्ट्रिय निकायबाट समेत आयातमा लागेको प्रतिवन्ध खुकुलो हुनुपर्ने आवाज उठिरहेको थियो । अर्कोतर्फ यसबाट सरकारको आयमा समेत असर पुगिरहेको थियो । तर, विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि आयातमा कडाइ गरिएको थियो ।

यससँगै प्लास्टिक, माछा र तिनका परिकार, सुपारी, केराउ, केरा, छोकडा, सबै प्रकारका घडी, सजावटका सामग्री, फर्निचर (मेट्रेस), डेकोरेसनका सामान, साबुन, सेम्पू, छाला, मसलाजन्य वस्तु, डेरीका वस्तु, सबै प्रकारका फूल, जनावरका दानालगायतका वस्तुमा लागेको शतप्रतिशत नगद मार्जिनको व्यवस्था यथावत नै रहने छ ।

यस्तै सुर्ती, काठ, फर्निचर, चकलेट, चुइगम, तास, फुटवेयर, प्लाइउड, चाँदी, रक्सीको नगर मार्जिन सीमा पनि समेत कायम नै रहने छ । ५० प्रतिशत मार्जिनको व्यवस्था रहेको कपडाजन्य, निजी कार र मोटरसाइकलको आयातको व्यवस्था पनि यथावत नै रहेको छ । केन्द्रीय बैंकले ४७ वर्गका १३ सय हाराहारी वस्तुमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?