+
+

विश्वकपः बराबरीले क्यामरुन र सर्विया दुवैलाई घाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १८:०८

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा समूह जी का सर्विया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूहको आफ्नो पहिलो खेल गुमाएका दुवै टिमका लागि यो बराबरीले नकआउट प्रवेश लक्ष्यमा घाटा हुन सक्छ ।

अल जानोव रंगशालामा दुवै टिमले अग्रता जोगाउन सकेनन् । २९औं मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जूरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गरी सर्विया खेलमा फर्कियो ।

इन्जूरी समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्वियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा खेलमा थप तीन गोल सम्भव भयो । ५३औैं मिनेटमा अलेक्जान्दर मित्रोभिचले गोल गर्दा सर्वियाले ३–१ को अग्रता बढायो ।

तर, तीन मिनेटको अन्तरमा दुई गोल फर्काउँदै क्यामरुनले ६६औं मिनेटमा खेल बराबरीमा ल्यायो । ६३औं मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औं मिनेटमा चुपो मोटिङले गोल गरेका हुन् ।

यो बराबरीसँगै दुवै टिमले समूहमा अंकको खाता खोलेका छन् । तर, दुई खेलमा १ अंक जोडेका यी टिमका लागि नकआउट चरणको यात्रा निकै कठिन हुनसक्छ ।

पहिलो खेल जितेका दुई टिम ब्राजिल र स्वीट्जरल्याण्डले आजै राती खेल्नेछन् । क्यामरुन र सर्वियाले अर्को चरणमा पुग्नका लागि समूहको आफ्नो अन्तिम खेल जितेरमात्र पुग्दैन अन्य टिमको नतिजा पनि आफू अनुकुल आउने कामना गर्नुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?