+
+

उदयपुर १ अपडेट : १०० मतपत्र बदर गरेर गणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १०:५०

१३ मंसिर, काठमाडौं । उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार मंसिर १० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख)समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर हुनेछन् ।

निर्वाचन आयोगले मंसिर ५ गते गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्था बमोजिम आफूले बदर हुने निर्णय लिएको सुवेदीको भनाइ छ ।

मतगणनाको क्रममा प्रतिनिधि सभा तर्फको प्रत्यक्षतर्फको मतपेटिकाभित्र प्रदेश सभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो । अहिले पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

उदयपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म खड्को अग्रता कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?