+
+

चुनावमा हारको कारण खोज्दै जसपा

चुनावी समीक्षा प्रतिवेदन १५ दिनभित्र पठाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते ११:५७

१४ मंसिर, काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जम्मा ७ सिट जितेको जनता समाजवादी पार्टी (जसपा)ले हारको कारण पहिल्याउन सुरु गरेको छ । उसले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेको छ ।

जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । उसले प्रत्यक्षमा ७ सिट जितेको छ । तर पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नै हार व्यहोरेका छन् ।

अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् । निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई समेत राखेर विश्लेषणात्मक समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन यादवले निर्देशन दिएका छन् ।

यस्तो समीक्षा सत्यतथ्यमा आधारित र पूर्वाग्रहरहीत हुनुपर्ने अध्यक्ष यादवले उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?