+
+

विश्वकपमा जर्मनी र कोस्टारिकाको खेल महिला रेफ्रीले सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १६:३१

१४ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ का ६४ मध्ये ४४ औं खेल ऐतिहासिक हुने भएको छ । दोहास्थित अल बायट रंगशालामा हुने जर्मनी र कोस्टारिकाको खेल चार जना महिलाले सञ्चालन गर्ने छन् ।

फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले पुरुष विश्वकपमा महिला रेफ्रीको रुपमा डेब्यु गर्ने छिन् । मुख्य रेफ्रीको रुपमा स्टेफनी फ्रापार्ट रहनेछिन् । सहायक रेफ्रीका लागि ब्राजिलियन न्युजा र मेक्सिकोकी करिन डिज मदिनालाई मैदानमा उतारिने छ ।

अमेरिकाकी केथरिन नेस्बिटले भिडियो विशेषज्ञको टिममा अफसाइट स्पेसलिस्टको जिम्मेवारी सम्हालने छिन् । फोर्थ अफिसिलमा भने एक जना पुरुष रेफ्री रहनेछन् ।

पुरुष विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने फ्रापार्टले ग्रुप सी अन्तर्गतको मेक्सिको र पोल्यान्डको खेलमा फोर्थ अफिसियलको रुपमा काम गरिसकेकी छिन् ।

३८ वर्षीया उनी २०१९ मा फ्रान्समै भएको युईएफए सुपर कपको फाइनलमा अफिसियल रहेकी थिइन् । उनले सन् २०२० मा च्याम्पियन्स लिग खेलाएकी थिइन् ।

उनले २०१९ मा विश्वको सर्वश्रेष्ठ महिला रेफ्रीको पुरस्कार जितेकी थिइन् । पुरुष विश्वकपमा महिला फिफा रेफ्रीको उपस्थितिले बलियो सन्देश दिने फ्रापार्टले बताइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?