+
+

ब्रुस लीको जीवनमाथि फिल्म बन्ने, आङ लीले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १५:०४

काठमाडौं । ‘ब्रोकब्याक माउण्टेन’ र ‘लाइफ अफ पाइ’जस्ता फिल्मबाट ओस्कार अवार्ड जितेका निर्देशक आङ लीले मार्सल आर्ट्स स्टार ब्रुस लीको जीवनमाथि फिल्म बनाउने भएका छन् ।

फिल्ममा ब्रुस्लीको भूमिका चाहिं उनका छोरा मासोन लीले निर्वाह गर्ने भएका छन् । हलिउड स्टुडियो सोनी पिक्चर्ससँग मिलेर बनाउन लागिएको यो फिल्मबारे प्रि-प्रोडक्सन सुरु भएको छ । डन फटरम्यानले अहिले ब्रुस लीको जीवनमाथि पटकथा लेखिरहेका छन् ।

३२ वर्षको उमेरमा सन् १९७३ मा निधन भएका ब्रुस लीले फिल्ममा मार्सल आर्ट्सलाई स्थापित गरेका थिए । उनी अभिनित फिस्ट अफ फ्युरी, इन्टर द ड्रागन, द वे अफ ड्रागन चर्चित मार्सल आर्ट्स फिल्महरु हुन् ।

ब्रुस लीलाई पूर्व र पश्चिम संसारलाई जोड्ने सेलिब्रिटी पुलको रुपमा समेत लिन्छ । विश्वमा मार्सल आर्ट्स र एक्सन फिल्ममा क्रान्ति ल्याउन उनको भूमिका महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?