+
+

विमलेन्द्रले सीके राउतलाई भेटाए देउवासँग, भन्छन् : सरकारमा सामेल हुने सहमति भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १८:०६

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।

यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?