+
+

आश्मा र संयमले गरे विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १३:५६

काठमाडौं । कलाकार जोडी संयम पुरी र आश्मा डीसीबीच शुक्रबार बौद्धस्थित पाँचतारे हायात होटलमा विवाह भएको छ । २०० जना जन्तीको उपस्थितिमा भएको विवाहमा केही सेलिब्रिटी पनि उपस्थित थिए ।

नेपाली फिल्म क्षेत्रका केही चर्चित फिल्ममा अभिनय गरेका संयम र आश्माले सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

हिन्दू परम्पराअनुसार भइरहेको विवाहमा बेहुला संयम र बेहुली पहिरनमा आश्मा दुवै जना खुसी देखिएका छन् । नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टीको आयोजना हुँदैछ ।

संयम फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । बाबुको ‘लिगेसी’लाई निरन्तरता दिंदै अघि बढेका उनले ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद लगायत हिट फिल्ममा अभिनय गरेका छन् ।

‘आभास’मा संयम र आश्माले स्क्रिन सेयर पनि गरेका थिए । आश्माले रेखा थापाको फिल्म ‘रामप्यारी, नाइँ नभन्नु ल ३ र आभासमा अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?