
काठमाडौं । कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाबारेको वृत्तचित्र ‘एभरेस्ट म्यान’ले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । काजकिस्तानमा भएको वस्ताव फिल्म महोत्सवमा उक्त वृत्तचित्रले अवार्ड पाएको हो ।
अवार्ड प्राप्त गरेपछि निर्देशक विनोद अधिकारीले खुसी व्यक्त गरेका छन् । उनले वृत्तचित्र निर्माणमा सहयोग गरेकोमा आरोही शेर्पालाई धन्यवाद भनेका छन् ।
वृत्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असरबारे केन्द्रित छ । यो वृत्तचित्र हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे केन्द्रित रहेको निर्देशक अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4