+
+

पूर्व विजेताहरु इंग्ल्याण्ड र फ्रान्सको भेट विश्वकपको क्वाटरफाइनलमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ३:२५

१९ मंसिर, काठमाडौं । सेनेगलमाथि प्रभावशाली ३-० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भेट निश्चित गरेको छ ।

दोहाले अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा लड्खडाएको थियो । गोलरक्षक जोर्डन पिकफोर्डले सेनेगलका बोउलाये डियाको प्रहारको सानदार बचाउ गरेका थिए । जसका कारण इंग्ल्याण्ड खेलमा पछि पर्नबाट जोगिएको थियो ।

इंग्लिस टिममा जुड बेलिंगघमको प्रदर्शन शानदार थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् । केनको यो विश्वकपमा पहिलो गोल हो ।

यो गोल केनको इंग्ल्याण्डका लागि ५२औं गोल हो । उनी इंग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ता वायने रुनीको कीर्तिमानबाट १ गोलले पछि छन् । कतार विश्वकप केनका लागि नयाँ कीर्तिमान बनाउने उपयुक्त मन्च हुनसक्छ ।

फिल फोडेनले खेलमा दोस्रोपल्ट असिस्ट गर्दा ५७औं मिनेटमा इंग्ल्याण्डले अग्रता बढायो । यसपल्ट बुकायो साकाले सेनेगलका गोलरक्षक एडुवार्ड मेण्डीलाई छक्याउँदै गोल गरेका थिए ।

विश्वकपका दुई पूर्व विजेताहरुको भेट क्वाटरफाइनलमै हुन लागेको हो । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप उपाधि जित्न सकेको छैन । फ्रान्सले सन् १९९८ र चार वर्षअघि विश्वकप उपाधि जितेको थियो ।

आइतबार साँझ भएको खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । यी दुईले सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?