+
+

एमबाप्पे भन्छन् : म विश्वकप जित्न आएको हुँ, गोल्डेन बुट होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १५:५४

१९ मंसिर, काठमाडौं । फ्रान्सका स्टार किलियन एमबाप्पेले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि भन्दा पनि विश्वकप जित्नु रहेको बताएका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत आइतबार पोल्याण्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए ।

कतारमा उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समेत शीर्ष स्थानमा छन् । अल थुमामा स्टेडियममा भएको खेलमा एमबाप्पेले ओलिभर जिरुडको गोलका लागि असिस्ट समेत गरेका थिए ।

‘मेरो एक मात्र उदेश्य भनेको विश्वकप जित्नु हो,’ एमबाप्पेले अंग्रेजीमा भने, ‘अब अर्को खेल क्वाटरफाइनल जित्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको मैले जे सपना देखेको छु र एक मात्र सपना विश्वकप जित्नु हो ।’

उनले आफू कतारमा उत्कृष्ट खेलाडी वा सर्वाधिक गोलकर्ताको अवार्ड जित्न नआएको र विश्वकप जित्न आएको समेत बताएका छन् । ‘म यहाँ विश्वकप जित्न आएको हुँ । म गोल्डेन बल वा गोल्डेन बुट जित्न यहाँ आएको होइन । यदी मेले व्यक्तिगत अवार्ड जितेमा निश्चय पनि म खुशी हुनेछु तर म त्यसको लागि यहाँ आएको होइन । म यहाँ फ्रान्स राष्ट्रिय टिमलाई सहयोग गर्न र जित्न आएको हुँ ।’

समूह चरणमा अष्ट्रेलिया र डेनमार्क विरुद्ध जितपछि एमबाप्पेले पोष्ट म्याच अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए ।

उनले नबोल्दा फिफाले फ्रान्स फुटबल संघलाई जरिवाना पनि लगाउनेछ । तर पीएसजीका स्टार स्ट्राइकर एमबाप्पेले जरिवाना आफूले तिर्ने भन्दै अन्तिम १६ को खेलपछि मुख खोलेका छन् । ‘मलाई थाहा छ धेरै मानिसहरुले किन म मिडियाको अगाडि आएन भनेर सोधिरहनु भएको छ । यो कुनै व्यक्तिगत कारण होइन । म तपाईँलाई यो विश्वस्त गराउन चाहन्छु । पत्रकार विरुद्ध मेरो केही छैन तर म यस प्रतियोगिता र मेरो फुटबलमा केन्द्रित हुन चाहन्छु’, एमबाप्पेले भने, ‘जब म केही कुरामा केन्द्रित हुन चाहन्छु, म त्यही अनुसार काम गर्छु । जसले गर्दा यसअघि म बोल्न आइन ।’

आफूले मिडियामा नबोल्दा फ्रान्स पुटबल संघ जरिवानामा पर्ने बुझेको र उक्त जरिवाना समेत आफूले नै तिर्ने बताए । ‘फ्रान्स फुटबल संघलाई जरिवाना लगाइने मैले बुझेको छु । मैले जरिवाना आफैं तिर्ने भनेको छु, किनकी मेरो विचारमा मेरो लागि संघले तिर्नुपर्दैन ।’

एमबाप्पेले अहिलेसम्म सबै कुराम राम्रो भइरहेको भन्दै अन्तिम लक्ष्य विश्वकप जित्नु नै रहेको दोहोर्‍याए । ‘अहिलेसम्म सबै ठिक छ तर हामी अन्तिम लक्ष्य भन्दा टाढा नै छौँ, जुन विश्वकप जित्नु हो । अब हामी क्वाटरफाइनलमा केन्द्रित हुनुपर्छ जुन अहिले सबैभन्दा महत्वपूर्ण छ ।’

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले पनि एमबाप्पेको प्रभावको प्रशंसा गरेका छन् । साथै उनले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गरेका जिरुडको समेत तारिफ गरे । ‘किलिएनले एक क्षणमै खेल परिवर्तन गर्न सक्छन् । उनी सधैं रमाइलोका साथ खेल्छन् र हामी सबै उनीसँग त्यो हाँसो बाड्न चाहन्छौँ । फ्रान्सलाई उत्कृष्ट किलएन एमबाप्पे चाहिएको थियो र त्यो पायौं’, डेसच्याम्प्सले भने ।

डेसच्याम्पसले जिरुडको सधैं आलोचना भइरहे पनि उनले आफूलाई बलियो बनाउन र मानसिक रुपमा बलियो रहन व्यवस्था गर्नुका साथै कीर्तिमान समेत ब्रेक गरेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?