+
+

सिंहदरबार भित्रका पुराना गाडी लिलामी गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १३:३५
फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने भएको छ । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३औं बैठकले यस्तो निर्णय गरेको हो । सिंहदरबार परिसर भित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुन अनुसार ‘लिलामी प्रक्रिया तत्काल अगाडि बढाउने’ निर्णय समितिले गरेको हो ।

समितिको बैठक मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको थियो । बैठकले सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कामका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरेको छ । यसअघि यस्ता सवारी साधनको लगत राखेर व्यवस्थापन गर्ने भनिए पनि लामो समयदेखि यस्तो काम भने हुन सकेको छैन ।

बैठकले राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कामलाई सरलीकरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अन्तर निकाय सूचना आदान प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न समेत समितिले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?