+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चम्पावती जलविद्युत आयोजना कार्यालयमा स्थानीयले गरे आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १९:१६

२४ मंसिर, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेवेशीस्थित चम्पावती जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयले आगजनी गरेका छन् ।

स्टिमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयले शनिबार दिउँसो कार्यालयमा आगजनी गरेका हुन् ।

आगजनीबाट कार्यालय परिसरमा रहेको मिनी ट्रक र मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । जेसिभीमा आशिंक क्षति पुगेको छ । जलविद्युतको कार्यालय रहेको दुई वटा अस्थायी टहरामा समेत स्थानीयले आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।

‘हाइड्रोले पानी निकास हुने ठाउँ स्टिमेटमा भएको भन्दा दुई सय मिटर तल लगेछ,’ उनले भने, ‘सिंचाइ हुने कुलाको बाँधभन्दा तल पानी निस्केपछि स्थानीयले विरोध गरेका रहेछन् ।’

पाँच सयभन्दा बढीको संख्यामा आएका राइनास नगरपालिकाका वासिन्दाले कार्यालयमा रहेको फर्निचरमा समेत तोडफोड गरेका छन् । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?