+
+

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १०:३०

२५ वैशाख, काठमाडौं । सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा तीन ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।

प्रदेश १-०२-०४३ प १७१, को३८प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे ठोक्किएका थिए । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ । घाइते भएकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा सो मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका ७ हरैयाचोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । रोकिराखेको सुदूरपश्चिम प्रदेश-०१-००२ त ६४६४ नम्बरको ट्याक्टरमा से७प ७७९३ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे ठोक्किंदा मोटरसाइकल चालक कञ्चनपुर राजघाटका २३ वर्षीय छविलाल चौधरीको मृत्यु भएको । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?