+
+

गगन र विश्वप्रकाशले देउवालाई ब्राजिलसँग तुलना गर्दै भने– अब पुग्यो, छोड्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १५:०४

२५ मंसिर, काठमाडौं । कांग्रेसका दुई महामन्त्रीहरुले खुला घोषणा गरेका छन् : संसदीय दल नेतामा गगन थापाको उम्मेदवारी । दिनैपिच्छेका बैठकहरु त्यसैतर्फ केन्द्रित छन् । आइतबार पनि यही एजेन्डामा शर्मा र शेखर कोइरालाबीच भेटघाट हुँदैछ ।

शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसै एजेन्डा वरिपरि छलफल हुँदै थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दुई महामन्त्रीहरुले जिस्क्याउने सुर कसे । शर्माले सोधे, ‘सभापतिज्यू समय बदलिँदै गएको छ, हामी त गगन थापालाई संसदीय दलको नेता बनाउन लागेका छौं । तपाईंहरुको तर्फबाट कसलाई उठाउँदै हुनुहुन्छ ?’

देउवाले भने, ‘कल्लाई उठाउने र ? म आफैं उठ्दैछु नि ।’

हिजो शनिबार राति साढे १२ बजे बालुवाटारमा यसैको गफ फेरि चल्यो । शर्माले देउवालाई भनें, ‘तपाईं फुटबल हेर्दैहुनुहुन्छ ? ब्राजिल त हार्‍यो नि ?’

‘कहाँ हेर्न पाउनु यार !’

‘तपाईंलाई थाहा छ ? ब्राजिल त पाँच पटकको विश्व विजेता हो नि ?’

‘ए, हो है ?’

‘तर छैटौं पटक जितेन नि । तपाईं पनि पाँच पटक (प्रधानमन्त्री) जित्नुभयो, छैटौं पटक भन्न सकिन्न नि ।’

यो बेग्लै कुरा हो, ब्राजिली टिमले कतिपल्ट विश्वकप जित्नेछ भनी कुनै ज्योतिषले ग्रहफल हेरेका छैनन् । अनि देउवा पनि आफैं भिडेर देखाउने मुडमै छन् । थापाको दाबेदारीबारे उनी सचेत भएको त देखिन्छ, तर हिजो फाइनल गरेको समानुपातिक सूची हेर्दा लाग्छ– देउवाले उम्मेदवार बन्नका लागि आफैंले मतदाता छानेका छन् ।

अनलाइनखबरसँग लामो कुराकानीका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने : ‘हिजो बालुवाटारमा जे कुरा भयो, त्यो सौहार्द्ध वातावरणमै भएको थियो । तर उहाँ (देउवा) लाई परिस्थिति जसरी बदलिँदै छ, त्यो नबुझाइदिनेहरुको कारण पो कमजोरी भइराखेको छ कि ? पाँच पल्ट र छ पल्टको बीचमा कुनै मेडलको फरक हुँदैन । तर कसैलाई जिम्मेवारी सुम्पिँदै गर्दा धेरै ठूलो फरक हुन्छ ।’

देउवाले मनले खाएको नयाँ पुस्ताको प्रतिनिधिलाई अघि बढाए उनीप्रतिको जनसम्मान अझै दोब्बर भएर जाने बताए ।

शर्मासँगको पूरा अन्तर्वार्ता हेर्नुहोस्

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?