+
+

४ वर्षीया बालिकाको पेटमा भेटिए ६१ वटा गुच्चा !

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १०:२६

काठमाडौं । सुन्दैमा तर्सिने तथा पत्यारै नलाग्ने एउटा घटना चीनमा हालै भएको छ । त्यहाँ एक ४ वर्षीया बालिकाको पेटबाट डाक्टरहरुले शल्यक्रिया गरेर ६१ वटा गुच्चा निकाल्न सफल भएका छन् ।

अनौठो त के भने छोरीले त्यति धेरै गुच्चा निल्दासम्म उनका बुवा–आमाले त्यसको छनक सम्मपनि पाएका थिएनन् । तर जब बालिकालाई पेट दुख्ने समस्या लिएर उनीहरु चेकजाँचका लागि अस्पताल पुगे र अस्पतालमा एक्सरे गरियो, तब उनीहरु छाँगाबाट खसेझैँ भए । किनकी बालिकाको पेटमा ठूलो संख्यामा गुच्चा भएको थाहा भयो ।

डाक्टरहरुले एक महिनादेखि पेट दुखिरहेको समस्या लिएर अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकाको पेटबाट शल्यक्रिया गरी ६१ वटा गुच्चा बाहिर निकालेर पुनर्जीवन दिन सफल भएका छन् । ती बालिकाको पेटमा मोतीको मालाजस्तै गरी ६१ वटा गुच्चा अडिएका थिए ।

उक्त शल्यक्रिया करीब ३ घण्टासम्म चलेको थियो । शल्यक्रियाका क्रममा उनको आन्द्रामा एक दर्जन भन्दा धेरै प्वाल पार्नु परेको थियो । शल्यक्रिया पश्चात् ती बालिका हाल खतरामुक्त रहेको र स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।

चीनको झेजियांग प्रान्तस्थित हांगझोउमा यो घटना भएको हो । झेजियांग युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा ती बालिकाको शल्यक्रिया गरिएको थियो ।

ती बालिकाले निलेका चुम्बकीय गुच्चाहरुमा पेटमा गएपछि चुम्बकीय आकर्षणका कारण एक अर्कामा टाँसिएर मोतीका दानाझैँ गरी आन्द्रामा लहरै रहेका थिए । साथै गुच्चाका कारण उनको आन्द्रामा प्वाल समेत पर्न थालेको थियो र कूल १४ वटा प्वाल डाक्टरहरुले फेला पारेका थिए ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?