
२९ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो ।
बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ ।
बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढेर ८१७.१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले मूल्य बढेको छ ।
बिहीबार पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७.२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५.६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4