+
+

विश्वकप २०२६ को फर्म्याटबारे पुनर्विचार गर्दै फिफा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १५:२४

१ पुस, काठमाडौं । जारी विश्वकप फुटबलको समूह चरण अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक थियो । फिफा विश्वकपमा चार टिम सम्मिलित समूह चरण परीक्षणबाट प्रमाणित भइसकेको व्यवस्था हो । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा यसलाई पूर्ण रुपमा समाप्त पार्ने योजनामा छ । फिफाको यो सम्भावित कदमको ठूलो विरोध भइरहेको छ ।

सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने विश्वकपमा फिफाले ४८ टिम समावेश गर्ने तयारी गरेको छ । ४८ टिम सहभागी हुँदा तीन टिम सहभागी १६ समूह बनाउने र समुह चरणका विजेता र उपविजेता गरी ३२ टिमलाई नकआउट चरणमा लैजाने उनीहरुको प्रारम्भिक योजना हो ।

यसो गर्दा समूह चरणमा एक मृत खेलको जोखिम बढाउनेछ र अनावश्यक विवादलाई बढावा दिने आलोचकको तर्क छ ।

समूह चरणमा हरेक समूहबाट दुई टिम अर्को चरणमा प्रवेश गर्दा प्रतियोगिताका खेलहरु आश्चर्यजनक रुपमा सुस्त देखिने सम्भावना छ । त्यहाँ गैरखेलकुद व्यवहारको पनि आशंका गर्ने ठाउँ हुनेछ ।

जस्तैः एउटा समूहको अन्तिम खेलमा दुई टिम आमनेसामने हुँदै दुवैले आफ्नो पहिलो खेल जितेर नकआउट चरणमा पुगिसकेको स्थिति छ भने त्यो खेल निरश हुनसक्छ ।

त्यसैले विश्व फुटबलको नियामक निकाय फिफाले आसन्न विश्वकपको प्रारुपबारे पुनर्विचार गर्न लागेको छ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

फिफाले यो वर्षको सुरुवातमा आफूहरु सम्भावित कृतिम परिणामको बारेमा पनि चिन्तित रहेको स्वीकारेको थियो । समूहको अन्तिम खेल एउटा टिमले नखेल्दा बाँकी दुई टिम सकारात्मक परिणामका लागि प्रयास गर्नेछन् भन्ने उनीहरुको दावी थियो ।

आगामी विश्वकपको प्रारुपमा समूह चरणपछि ४८ टिमबाट घटेर ३२ टिम रहन्छन् । त्यसपछि प्रतियोगितामा नकआउट चरण सुरु हुनेछ ।

विश्वकपका लागि बैकल्पिक फर्म्याटबारे फिफाको क्याविनेट र फिफा परिषदले अर्को वर्ष निर्णय गर्नेछ ।

फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन विंगरका अनुसार आसन्न विश्वकपका लागि थप दुई प्रारुप तयार भएका छन् ।

पहिलो– चार टिम सम्मिलित १२ समूह बनाउने । समूहको शीर्ष २ र ८ वटा उत्कृष्ट तेस्रो टिमलाई नकआटउ चरणमा लैजाने ।

वा, दोस्रो– विश्वकपमा सहभागी टिमलाई २४/२४ का दरले छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने । दुवैमा चार टिम राखेर ६ समूह बनाउने । दुवै स्पर्धाका विजेताबीच फाइनल खेलाउने ।

कतार विश्वकपको समूह चरणमा रोमाञ्चक, नाटकीय र आश्चर्यजनक नतिजा देखिएसँगै यी दुई प्रस्तावहरु अघिल्लोको तुलनामा बढी व्यावहारिक देखिन्छन् ।

तर, यसको मतलव विश्वकपमा खेलको संख्या निकै बढी हुनेछ । कतार विश्वकपमा ३२ टिम सहभागी हुँदा ६४ खेल २९ दिनमा सम्पन्न गर्न सकिन्थ्यो । फिफाले पहिलो प्रस्तावअनुसार ८० खेल ३२ दिनमा सम्पन्न गर्न सकिने बताइएको थियो ।

चार टिम सम्मिलित समूह चरण हुँदा विश्वकपमा कुल १०४ खेल हुनेछन् । यसका लागि अहिलेकोभन्दा कम्तिमा एक साता समय बढाउनुपर्ने हुन्छ ।

विश्वकपको टेलिभिजन प्रशारण अधिकार बेचेर फिफाले हरेक संस्करणमा मनग्ये आम्दानी गर्दै आएको छ । धेरै खेल हुँदा उसको आर्थिक उपार्जनको दृष्टिमा फाइदा हुनेछ । विश्वकप प्रशारण अधिकारको आम्दानीले फिफाले ९० प्रतिशत अर्थव्यवस्था धानिरहेको छ ।

कतार विश्वकपको प्रशारण अधिकारबाट फिफाले ७.५ विलियन अमेरिकी डलर आम्दानी गरेको छ । यो रकम चार वर्षअघि रुस विश्वकपभन्दा एक विलियनले बढी हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?