+
+

मेस्सीको सुखद विदाईका लागि एकतावद्ध छ अर्जेन्टिनी टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १७:१५

१ पुस, काठमाडौं । विश्वकप २०२२ मा क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनल पुग्यो । फाइनल पुग्नुमा मेस्सीको एक पेनाल्टी गोल र असिस्ट निकै निर्णायक रह्यो । उनी उक्त खेलमा ‘म्यान अफ द म्याच’ पनि बने । फाइनलपछि अर्जेन्टिनी टिमले एउटा सिधा लहर बनेर समर्थकसँग खुसी साँटे

अर्जेन्टिनी टिम फाइनल पुग्नुको अर्को र सम्भवतः प्रमुख कारण भनेको टिममा बढ्दै गएको एकता हो ।

मेस्सीले विश्वकपमा कीर्तिमान बराबरी गर्ने आफ्नो २५औं खेलको खुसी अर्कै थियो । मेस्सीले एकैछिन रोकिएर त्यो सेतो र नीलो मिसिएको एक लहर र समर्थकको तरंग नियाले ।

अन्तिम सिटी पछि उनको अनुहारमा एक निर्दोष हाँसो आएको थियो । किनभने उनले एक पटक फेरि फाइनलमा आफ्नो टिमलाई जिताउने मौका पाएका छन् ।

१६ वर्षको समय सानो कालखण्ड होइन । यतिबेला मेस्सी फाइनलमा आफ्नो टिमलाई जिताएर विश्व विजेताको ट्रफी उचाल्ने मौकातर्फ अग्रसर भएका थिए ।

केही वर्ष मेस्सीले राम्रो प्रदर्शन गर्न सकेनन् । कहिले चोट त कहिले खराव लयले सताइरह्यो । जति पीडा उनले सहे त्यति नै पीडा उनको टिमले पनि भोग्यो । केही असक्षम प्रशिक्षकको हातमा परेर नतिजाविहीन जस्तै बनेको थियो ।

मेस्सी नचल्दा अन्य स्टार खेलाडीले पनि टिममा राम्रो प्रदर्शन देखाउन सकेनन् । २०१८ को विश्वकपमा खेलाडी प्रशिक्षकबीचको असमझदारीले मैदान भित्र र बाहिर पनि राम्रै चर्चा कमायो । टिममा भएको असमझदारीको प्रभाव २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै घर फर्कायो ।

२०२२ कतार विश्वकपमा भने टिमको एकता बेजोड देखिएको छ । मेस्सीको अन्तिम विश्वकप रहेको भएर पनि उनीहरु टुक्रा टुक्रा नभई पहिलेकै स्थानमा एकत्रीत देखिन्छन् ।

मेस्सीले गएको मंगलबार आफ्नो फुटबल जादुले लुसेल स्टेडियम जगमग बनाए । क्रोएसियाविरुद्धको जित अर्जेन्टिनाको टिमको एकताको कारणले पनि सम्भव भएको हो ।

यो विश्वकप प्रशिक्षक लियोनल स्कोलोनीको लागि पनि सकरात्मक पक्ष हो । उनले थपेका नयाँ खेलाडीको एक समूहले मैदानमा आफ्नो भूमिका जिम्मेबारीका साथ निर्वाह गर्दा पनि अर्जेन्टिना यसपल्ट बलियो देखिएको हो । यो कुरा गोलकिपर मार्टिनेजले पनि स्वीकार गरेका छन् ।

‘मलाई लाग्छ यो हालको अर्जेन्टिनी टिम तागतको साथै बुद्धिमान पनि छ । यी खेलाडीहरुलाई थाहा छ कतिबेला प्रेसर लिने, कतिबेला बल कहाँ, कसरी रिलिज गर्ने । कतिबेला कुन अवस्थामा कसरी खेल्ने भन्ने जान्दछन्,’ मेस्सीले भने, ‘यो टिम प्रशिक्षण योग्य छ । मौकाको सदुपयोग गर्न कुनै मौका छोड्दैनन् ।’

अर्जेन्टिनी रक्षापंक्तिको बचाउ क्षमता उत्कृष्ट छ । निकोलस ओटामेण्डी, क्रिस्टियन रोमेरो, लिसेन्द्राे मार्टिनेजले अहिलेसम्म विश्वकपमा शानदार खेलिरहेका छन् ।

२४ वर्षीय राइट ब्याक नहुएल मोलिनाले ७० यार्डबाट क्रोयसियाका डिफेन्डरलाई छक्याएर बल पास दिएका थिए ।

अर्जेन्टिनाको मिडफिल्डले मैदानमा यसरी कब्जा बनाएको थियो कि जसले क्रोएसियाका खेलाडीलाई पूरै आफ्नो कब्जामा राखिरहेको थियो । क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिच, मार्सेलो ब्रोजोविच र लुका मोड्रिच लाई खेलमा गतिशीलता बढाउन रोकिरहेका थिए ।

अर्जेन्टिनी २२ वर्षीय फर्वाड जुलियन अल्वारेज एक उत्कृष्ट खेलाडीको रुपमा मेस्सीलाई अगाडिबाट सघाइ रहेकाछन् । क्रोयसियासँगको खेलमा २ गोल गर्दै टिमलाई फाइनल पु¥याउने यी युवा खेलाडीबारे मेस्सीको टिप्पणी यस्तो छ, ‘उनी युवा खेलाडी हुन्, मैदानमा सबैतिर भ्याइरहेका थिए । लडिरहेका थिए, चोट पनि लागि रहेको थियो ।’

उनको गतिले मेस्सीको गतिलाई कभर गरिरहेको थियो । अल्वारेजबारे प्रशिक्षक स्कोलोनी भन्छन्, ‘उनी युवा खेलाडी हुन्, निश्चय पनि उनी विश्वमा नाम राख्न चाहन्छन् ।’

सामान्यतः मेस्सी अन्य खेलाडीभन्दा कम कुद्छन् । मैदानमा सामान्य खेलाडीले ५.१२ मिलको दुरी तय गरेका हुन्छन् । फिफा ट्रेकिङ डेटाका अनुसार उनी ९० मिनेटको समयमा ४.४ माइल प्रतिघण्टा भन्दा कम दौडिने उनी एक मात्र खेलाडी हुन् ।

मेस्सीको कम गतिलाई उनका साथी खेलाडीले अनुभव हुन दिँदैनन् । मेस्सीले उनीहरुलाई अथक तरिकाले दौड लगाउन प्रेरित गरेको बताउने गर्छन् । मेस्सीको खुट्टाको क्षमतालाई बचाउने र चाहिने बेलामा प्रयोग गर्ने तथा जित निकाल्न निकै महत्वपूर्ण हुन्छ । यो कुरा मेस्सीले क्रोएसियाविरुद्धको खेलमा प्रमाणित पनि गरे ।

‘म मैदानमा हुँदा मेस्सीलाई कम कुद्न परोस् भन्ने कुरालाई म निकै ख्याल राख्छु ।’ मेस्सीको ‘बडीगार्ड’का रुपमा चिनिएका अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डी पाउल भन्छन्, ‘कम तनावमा उनलाई धेरै खेल्ने मौका कसरी दिने भन्नेमा मेरो ध्यान हुने गर्छ ।हामीले एक नजरबाटै एक अर्काको कुरा बुझ्छौं ।’

अर्जेन्टिनी लेफ्ट ब्याक टेग्लियाफिको भन्छन्, ‘हामी धेरैजसो फर्मेसनको कुरा गर्छौैं । ४-२-३-१, ३-५-२ र ४-४-२ यसमा नै खेल कसरी खेल्ने खेलाडी कसरी चल्ने सबै निर्भर हुन्छ । यसै अनुसार नै हामी खेल्छौं, एक खेलाडीले भने त्यो शैली तोड्ने काम गछौं ।’

यो टिम पहिलाको टिमभन्दा परिष्कृत छ । टिमलाई एकीकृत बनाउन प्रशिक्षक स्कालोनीले नै मुख्य भूमिका खेलेका छन् । सन् २००६ को विश्वकपमा सँगै खेलेका प्रशिक्षकको प्रशंसा गर्दै मेस्सी भन्छन्, ‘हामीले हारेनौं । किनभने हामीलाई थाहा छ, खेलको हरेक मिनेटमा के गर्नुपर्छ ।’

पहिलो खेलमा साउदी अरेबियासँगको हारयता लगातार जित निकाल्दै मंगलबार यो टिमले क्रोएसियालाई पराजित गरेर फाइनल पुगेको हो । गोलकिपर इमिलियानो मार्टिनेजले मंगलबारको खेललाई आफ्नो टिमले खेलेको हालसम्मकै एकीकृत खेल रहेको बताए ।

यो टिमले अब एक खेल मात्रै खेल्न बाँकी छ । मेस्सीको राम्रो विदाईका लागि टिमले निकै मिहिनेत गरिरहेको छ । उनले पछिल्ला केही वर्षमा समय र परिस्थिति अनुकुल नहुँदा सफल नतिजा निकाल्न सकेका थिएनन् ।

अब भने टिम नै उनलाई विश्वकपको उपाधिसहित एक सम्झनायोग्य पल दिने तर्फ अगाडि बदिरहेको छ । ‘टिमकोे उद्देश्य प्राप्त गर्नु नै महत्वपूर्ण कुरा यो हो । हामी त्यो लक्ष्य पूरा गर्न एक खेल मात्र पर छौं,’ मेस्सीले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?