+
+

अशोक लेल्याण्डको भाइकिङ १२ एम प्राइम बस नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १८:३२

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ४४ सिटे बसका चार वटा युनिट वितरण गरिएको छ ।

सो अवसरमा आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले नेपालमा अशोक लेल्यान्डका बस र अन्य गाडीलाई रुचाउँदै आएको भन्दै अझ धेरै सुविधा, अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाएकोमा खुसी लागेको बताए ।

बसमा टर्बो चार्जर र इन्टरकुलर सहितको ५ हजार ७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन रहेको र जसका कारण १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्न कम्पनीले बताएको छ । यो बसमा इनलाइन इन्धन पम्प रहेका कारण यसले मर्मत खर्च घटाउने कम्पनीले बताएको छ। यसमा न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको जेडएफ६ फर्वार्ड स्पिड सिन्क्रोमेश गियरबक्स रहेको छ । यसले जर्मनीमा उत्पादित गियरबक्सको आयु बढाउन भूमिका खेल्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार इन्टिग्रल पावर स्टेयरिङ र डबल एक्टिङ्ग शक अब्जर्बरसहितको वेभलर फ्रन्ट सस्पेन्सन र लेभलिङ भल्भसहितको रियर एयर सस्पेन्सनले बसलाई आरामदायी बनाउन भूमिका खेलेको छ। एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्छन् । सहायक ब्रेकको रूपमा इलेक्ट्रो-चुम्बकीय रिटार्डरले ब्रेक दक्षता र ब्रेक जीवन बढाउन मद्दत गर्दछ।

कम्पनीका अनुसार यो बसमा बोल्ट क्रस मेम्बरसहितको बलियो ११ इन्च लडर प्रकारको चेसिस रहेको छ । जसका कारण बस निकै सुरक्षित मानिन्छ । भाइकिङ १२ एम प्राइममा ३५० लिटरको इन्धन ट्याङ्की र ६ हजार २०० एमएम लामो ह्विलबेस पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?