+
+

टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ पुष २ गते २०:००

२ पुस, काठमाडौं । काठमाडौंको दक्षिणतर्फ टौदह पोखरीमा हिजोआज जलेवा चराको सानो समूह देखिन्छ । जाडोयाममा बसाइ सरेर आउने यो चरा उपत्यकामा प्राय: यही पोखरी आसपासमा बस्छ ।

टौदहमा जलेवाले माछाको शिकार गर्छ । शनिबार बिहान ८ बजे टौदह पोखरीको डिलमा पुग्दा केही जलेवा माछा खोज्न पानीमा डुबुल्की मार्दै थिए । एकैछिनमा एउटा जलेवाले मुखमा माछा च्यापेर बाहिर निस्कियो ।

ऊसँगै पानीमा पसेका अरु जलेवाहरु उसलाई लखेट्दै माछा खोस्न खोजे । तर उसले साथीहरुबाट भाग्दै एकैछिनमा माछा निल्यो । टौदहमा बस्दा दिनभरमा यस्ता धेरै दृश्य देखिन्छ ।

भर्खरै आउन थालेकाले टौदहमा जलेवाको संख्या धेरै छैन । स्थानीय वासिन्दाहरु जाडो बढ्दै गएपछि जलेवाको संख्या पनि बढ्दै जाने बताउँछन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?