News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ई-कमर्स कारोबारलाई सुरक्षित बनाउन 'थ्रीडी सेक्योर एसीएस' सेवा शुरू गरेको छ ।
- यो सेवा शुरू भएपछि बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकले ओटीपी प्रणालीमार्फत थप सुरक्षित रूपमा अनलाइन कारोबार गर्न सक्नेछन् ।
- एनसीएचएलले राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई समेत आफ्नो एसीएस सोलुसनमार्फत ई-कमर्स सेवा प्रदान गर्दै आएको छ ।
२८ जेठ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई(कर्मस कारोबारमा थ्रीडी सेक्योर एसीएस सेवा सुरु गरेको छ । यस सेवाको सुरुवात पश्चात् राष्ट्रिय वाणिज्य बैंकका डेबिट र क्रेडिट कार्डहोल्डरले थप सुरक्षित तरिकाले ईकमर्स कारोबार गर्न सक्नेछन् ।
थ्रीडी सेक्योर एसीएस सोलुसन ई(कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकको पहिचान तथा ओटीपी पुष्टि गर्ने एक सुरक्षित माध्यम हो ।
उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डर ले आफ्नो कार्डमा एकपटक उक्त विशेषता सक्रिय गराउनुपर्ने हुन्छ । यो पहलले बढ्दो ई(कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन हुने बैंकको भनाइ छ ।
एनसीएचएल ईएफटी सेवा अन्तर्गत एसीएसका साथै विभिन्न नेटवर्क स्किमको कार्ड जारी गर्ने, कारोबार अक्वायर गर्ने, कारोबार प्रोसेसिङ तथा सेटलमेन्ट, ईकर्मस पेमेन्ट गेटवे, कार्ड पर्सनलाइजेसनजस्ता कार्ड सम्बन्धी सेवा आफ्नो सदस्य बैंक वित्तीय संस्थालाई दिँदै आएको छ ।
हाल राष्ट्रिय वाणिज्य बैंकको साथै एभरेस्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बिकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुका कार्ड एनसीएचएलको एसीएस सोलुसन मार्फत ई(कर्मस कारोबार गर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया 4