News Summary
Generated by OK AI. Editorially reviewed.- मद्यपानले समाज र परिवारमा पार्ने असरको कथा समेटिएको फिल्म 'जाँड' को ट्रेलर सार्वजनिक गर्दै आगामी १२ असारदेखि प्रदर्शन गरिने जानकारी दिइएको छ ।
- कुसंस्कार र विकृतिविरुद्ध फिल्मले आमदर्शकमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्देशक राजु शाहले बताए ।
- सुकुलढोका मिडियाको ब्यानरमा निर्मित यस फिल्ममा सान्बी खतिवडा, पदम गुरुङ, कमला दाहाल र रमेश उप्रेती लगायतका कलाकारको अभिनय छ ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशकले फिल्मबारे जानकारी दिए ।
मद्यपानले समाज र परिवारमा पार्ने असरको कथा समेटिएको निर्देशक राजु शाहले बताए । कुसंस्कार र विकृतिविरुद्ध फिल्मले आमदर्शकमा सकारात्मक सन्देश दिने उनले बताए ।
राजेन्द्र भट्टको लगानी रहेको यो फिल्ममा सान्बी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसीको अभिनय छ ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन् । निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् । वितरकमा दीपक दंगालको नेसनल सिने ग्रुप छ ।
यो फिल्म १२ असारदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4