+
+
Shares

कांग्रेसले माग्यो ३ प्रतिवेदन कार्यान्वयनको प्रगति

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १२:५४

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले फरक–फरक तीन वटा प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत बहादुर खड्काले गत भदौ २३ गते भएको घटनालाई छानबिन गरे पनि २४ गतेको घटनाको सम्बन्धमा कहिले छानबिन हुन्छ भनेर सोधे ।

‘सोही घटनालाई संवैधानिक निकाय मानव अधिकार आयोगले पनि छानबिन गरेको छ । प्रतिवेदन बनाएको छ,’ उक्त प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ ?’ खड्काले प्रश्न गरे ।

मानव अधिकार आयोगको प्रतिवेदनले प्रभावशाली र होनहार सांसदहरूको् समेत नाम उल्लेख रहेको पनि उनले स्मरण गरे ।

‘कारागार जलाएर रुफटप गाडीमा हात हल्लाउँदै हिँड्नु भएका मान्यज्यूहरुलाई पनि आयोगको प्रतिवेदनले समावेश गरेको छ,’ उनले भने, ‘म सोध्न चाहन्छु सरकार उक्त प्रतिवेदन कार्यान्वयन कहिले हुन्छ ?’

साथै उनले सरकारको सय बुँदे कार्यसूचीमा समावेश भएको हप्ता दिन भित्रै भदौ २४ को घटना छानबिन गर्न बनाउने भनेको अर्को आयोग कहिले बन्छ भनेर पनि सोधे ।

साथै उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति लगायत विषयमा प्रश्न उठेपश्चात समिति बनाइएको र समितिले प्रतिवेदन बुझाएको सुनिएको भन्दै उनले भने, ‘उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुन: बनाइएको छ । त्यो कहिले सार्वजनिक हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?