News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक कृषा चौलागाईंको आगामी चलचित्र ‘पारस’ को छायांकन १५ असारदेखि शुरू हुने निश्चित भएको छ ।
- छायांकनको मिति तय भएसँगै निर्माण टोलीले बालाजुस्थित स्टुडियोमा कलाकारहरूको ‘फेस टेस्ट’ सम्पन्न गरेको छ ।
- केपी फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती र निरुता सिंह मुख्य भूमिकामा देखिनेछन् ।
काठमाडौं । कृषा चौलागाईंको आगामी निर्देशकीय फिल्म ‘पारस’ छायांकनमा जाने निश्चित भएको छ । निर्माताले प्रेस विज्ञप्तिमार्फत यो फिल्म १५ असारदेखि फ्लोरमा जाने मिति तय गरेका हुन् ।
छायांकन मिति तय गर्दै निर्माताले कलाकारको ‘फेस टेस्ट’ गरेका छन् । बालाजुस्थित चलचित्र संस्थाको स्टुडियोमा लुक्स परीक्षण गरिएको विवरणमा उल्लेख छ ।
एक्सन निर्देशकको छवि बनाएकी कृषाले फिल्मको पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन् । उनका अनुसार छायांकन काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन् ।
पटकथासचिन लादियाले लेखेका हुन् । छायांकन निर्देशक पुरुषोत्तम प्रधान हुन् । केही साताअघि पहिलो गीत रेकर्ड गरिएको थियो, जसमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईंले स्वर दिएकी छन् ।
प्रतिक्रिया 4