
२ पुस, वीरगञ्ज । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले जितेको छ ।
वीरगञ्जस्थित ज्ञानदा एकडेमीमा शनिबार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउँदै पत्रकार महासंघ विजयी भएको हो ।
६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको लक्ष्य दिएको थियो । महासंघले ३ बल अगाडि नै १ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो ।
बैंकर एशोसिएसनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाइनलमा वीरगञ्ज उद्योग वाणिज्य संघलाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिता अन्तर्गत खेलिएका तीन वटै खेलको म्यान अफ दी म्याच महासंघका सदाम हसुेन र म्यान अफ दिन सिरिजको उपाधि पनि सदामले नै पाएका थिए ।
उनले ह्याट्रिकसहित कुल ६ विकेट लिदै ३२ रन बनाएका थिए । प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहले एक एक विकेट हात पारेका थिए । एनवाईईफ र वीरगञ्ज बैंकर्स ग्रुपको आयोजनामा प्रतियोगिता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4