+
+

सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १२:२०

३ पुष, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख रुपैयाँ र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुनको मूल्य ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?