+
+

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते ९:२३
नेपालको डीआरएस समूह

४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् ।

चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।

पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ ।

नेपालको टिटुके समूह

प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ । यो प्रतियोगिताको कूल पुरस्कार रकम *४० लाख अमेरिकी डलर छ । उक्त रकम १६ वटै टोलीलाई उनीहरुले प्राप्त गरेको अंकको आधारमा बाँडिन्छ । खेलमा उनीहरुले बढाउने अंकको आधारमा रकम पनि थपिंदै जान्छ ।बीबीसी नेपाली सेवासँगको कुराकानीमा टिटुकेकी व्यवस्थापक संगिता गुरुङले आफूहरुले ८० हजार डलर पाउने सुनिश्चित गरेको बताएकी छन् । यसैगरी डीआरएसका व्यवस्थापक संगीन भट्टराईले आफ्नो समूहले ७२ हजार डलर सुरक्षित गरिसकेको बताएका छन् ।

यस्तो छ अन्तिम १६ को सूची

(* यसअघि ४० लाख रूपैयाँ उल्लेख भएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?