+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘सिमुलेसन विज्ञान प्रदर्शनी’मा विद्यार्थीको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १२:०१

बालबालिका तथा विद्यार्थीहरूलाई लक्षित ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ काठमाडौंमा सुरु भएको छ । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने भएको हो ।

होप्पील्याण्ड एमुजमेन्ट पार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरु सहभागी हुने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकाहरूलाई विषय बुझ्नका लागि थप सहयोग गर्ने अपेक्षा गरिएको आयोजक सिमुलेसन साइन्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुदन बस्नेतले बताए ।

‘यस प्रदर्शनी विद्यार्थी तथा बालबालिकाका लागि अत्यन्तै लाभदायिक छ,’ उनले भने, ‘प्रदर्शनीमा भाग लिनुहुने सबैको बौद्धिक विकास हुनेमा हामी विश्वस्त छौं । एउटै मूल्यमा साइन्स पार्क र एमुजमेन्ट पार्कको फाईदा लिने अवसर पनि हो । त्यसैले अभिभावकले आˆना बालबालिकालाई सो प्रदर्शनीमा लिएर जान हामी अनुरोध गर्दछौं ।’

यसका साथै उक्त प्रदर्शनीमा सहभागीले होप्पील्याण्ड एमुजमेन्टमा रहेका सम्पूर्ण मनोरञ्जनात्मक क्रियाकलापहरू तथा जुरासिक सफारीमा भाग लिन पाउने बस्नेतले जानकारी दिए ।

त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?