+
+

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ९:१५

५ पुस, काठमाडौं । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् ।

केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकामा अष्ट्रेलियन राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् ।

लेबर पार्टीका नेता केभिन रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए । त्यसयता उनले चीनसँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने विषयमा स्पष्ट रुपमा लेख्ने र बोल्ने गर्दै आएका छन् ।

उनले गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विश्व दृष्टिकोण विषयमा अक्सफोर्ड विश्वविद्यालयबाट कोर्स पूरा गरेका थिए । उनी हाल एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?