
६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने बताएका छन् । मन्त्री बनेर जानेहरुलाई पार्टीको घोषणापत्र अनुसार काम गर्न भन्ने उनले बताए ।
बुधवार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ ।
सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ ।’
आफू महामन्त्री भएको वर्ष दिन पुग्न लागेको र अझै धेरै कुराहरु गर्न बाँकी रहेको उनले बताए । महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरुमा आफू लाग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4