+
+

मेसीको इन्स्टाग्राम पोष्टले बनायो कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १४:३१

६ पुस, काठमाडौं । अर्जन्टिनाका कप्तान लियोनल मेसीको पोष्टले इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएको छ ।

विश्वकप फुटबलको उपाधि जितेपछि मेसीले पोष्ट गरेको फोटो ग्यालरीसहितको स्ट्याटस इन्स्टाग्रममा अहिलेसम्मकै सर्वाधिक लाइक गरिएको पोष्ट बनेको हो । मेसीको त्यो पोष्टलाई अहिलेसम्म ६ करोड ८४ लाखले लाइक गरेका छन् ।

आइतबार कतारमा भएको विश्वकप फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराएर अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो । मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

मेसीको इन्स्टाग्राम पोष्टले अन्डाको फोटोको पोष्टको कीर्तिमानलाई तोडेको हो । अन्डाको उक्त पोष्टलाई ५ करोड ७७ लाखले लाइक गरेका छन् । तर त्यो अन्डाको पोष्ट गर्ने वर्ल्ड रेकर्ड एग नामको एकाउन्ट कसले खोलेको भन्नेमा विभिन्न मत छ ।

एउटा सामान्य अण्डाको फोटोले यति धेरै लाइक कसरी आकर्षित गर्न सफल भयो भन्ने बारे धेरै अनुमानहरू छन् । यो एउटा ठूलो कम्पनीको मार्केटिङ चाल हो र उसले लाइक किनेको भन्ने आरोप पनि छ ।

तर बेलायती विज्ञापन कार्यकारी क्रिस गोडफ्रेले त्यसबेलादेखि नै आफूले अरू दुई जनासँग मिलेर यसलाई सिर्जना गरेको दाबी गरेका छन् ।

उनीहरूले आफूहरूको एकमात्र उद्देश्य सकेसम्म धेरै लाइकहरू प्राप्त गर्नु रहेको र त्यसमा आफूहरु सफल भएको बताउने गरेका छन् । अन्डाको उक्त पोष्टले माएल जेनरको कीर्तिमानलाई तोडेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?