+
+

यती डिस्टिलरीले ल्यायो १२ वर्ष पुरानो ओल्ड दरबार ह्विस्की

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १४:०९

काठमाडौं । यती डिस्टिलरी प्रालिले ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक गरेको छ । यो सिंगल माल्ट र सिंगल ग्रेन ह्विस्कीको समिश्रण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अमेरिकी ह्वाइट ओकबाट बनेको छ । जसलाई १२ वर्षसम्म एक्स–बर्बन कास्कमा राखिएको थियो । त्यसपछि ब्लेन्डेड ह्विस्कीलाई थप एक वर्ष सेरी कास्कमा राखेर परिपक्क बनाइएको समेत कम्पनीले जनाएको छ । त्यसपछि ६ महिनासम्म नेपालमा पेड्रो जेमेनेज कास्कमा राखेर तयार पारिएको हो ।

यो नयाँ ह्विस्की मेनिला, कारामेल र ड्राइ फ्रुट्सको हल्का धुवाँदार निशान र सुगन्धका साथ नरम, बहूमूल्य तथा सन्तुलित तयारी विशेषता रहेको समेत कम्पनीको भनाई छ । यसलाई नेपाली परम्परागत भावमा दर्शाउने गरी बक्समा राखिएको समेत कम्पनीले उल्लेख गरेको छ । यती डिष्ट्रिलरीका प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठले ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीबाट हासिल गरेको उपलब्धिमा गर्व गर्ने बताए ।

यसमा विशिष्ट स्वाद, सुगन्ध र विशेषता रहेको उनले बताए । ओल्ड दरबारसँग नवप्रवर्तनको लामो इतिहास रहेको समेत उनको भनाइ छ । यो उत्पादन ६ पुसबाट नेपालका छानिएका पसलमा उपलब्ध रहेको समेत कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?