+
+

एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १४:०८

८ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ ।

कर्यालयले सूचना जारी गर्दै कक्षा गत बैशाखमा सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी भदौ ११ र १२ गतेको पूरक (ग्रेड वृद्धि) परीक्षामा सम्मिलिन भएका र कम्तीमा सी ग्रड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउन सबै शिक्षा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।

बोर्डबाट मंसिर ८ गते प्रकाशित २०७९ सालको एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने भन्ने विषयमा केही जिल्लाहरुमा द्विविधा भएको जानकारी आएकाले स्पष्ट हुन सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?