+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्लास्टिक टनेलमा कालो लेउको समस्या

रासस रासस
२०७९ पुष ८ गते १५:३९

८ पुस, बागलुङ । प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् ।

व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ ।

गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताए ।

‘टनेलमाथि चडेर सफा गर्न मिल्दैन्’ उनले भने, ‘प्लास्टिक सफा गर्ने प्रविधिको खोजी गर्न प्राविधिकलाई आग्रह गरेका छौँ ।’ एक पटक सफा गरे छ महिना प्लास्टिक सफा रहने गरेको अनुभव शर्माले सुनाए ।

जैमिनीमा रहेका अधिकांश प्लास्टिक घरमा कालो लेउको समस्या छ । किसानले भर्‍याङको प्रयोग गरेर लेउ सफा गरे पनि अत्याधुनिक र ठूला टनेलहरुमा समस्या हुने गरेको छ । लेउ लागेको प्लास्टिकभित्र सूर्यको प्रकाश नपुग्ने र त्यहाँ लगाइएका बिरुवा नबढ्ने तथा उत्पादन कम दिने गरेको अनुभव किसानसँग छ ।

‘पहिलो वर्ष फलेको जस्तो गालभेँडा दोस्रो वर्ष फलेन, मलपानीको समस्या होला भनेर खोजी गरेँ’ अर्का किसान मदन आचार्यले भने, ‘रोगकीराको सङ्क्रमणसमेत देखिन थालेपछि प्लास्टिकको लेउका कारणले हो भन्ने लागेको छ।’ लेउ सफा गरेको समय र लेउले भरिएको समयमा भएको फरक-फरक उत्पादनको अनुभव किसानसँग छ ।

किसानले कालो लेउको समस्याबारे कृषि ज्ञान केन्द्र बागलुङलाई पनि जानकारी गराएका छन् । उत्पादनमा असर गरेपछि ज्ञानकेन्द्रका र नगरपालिकाका कृषि प्राविधिकलाई जानकारी गराइएको फलाँटे कृषि सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलले बताए ।

किसानका समस्याबारे जानकारी भए पनि तत्कालै साधानको उपाय नभएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘सफा गर्ने मेसिनको खोजे सहयोग गर्छौ भनेका छौँ’’ उनले भने, ‘फोहोरा लगाएर प्लास्टिक सफा गर्न सके किसानको समस्या समाधान हुन्छ ।’

लेउका कारण टनेल बनाइएको प्लास्टिकको आयुसमेत घटेको किसानको गुनासो छ । पाँच÷छ वर्ष पहिले यस्तो समस्या नभए पनि पछिल्लो समय आँफूहरुले प्लास्टिक फाट्ने, च्यातिने गरेको समस्या व्यहोरेको किसान लक्ष्मी शर्माले बताइन् ।

जैमिनीमा किसानले प्लास्टिक घरभित्र तरकारी उत्पादन गर्दै आएका छन् । विभिन्न प्रजातीका च्याउसमेत किसानले प्लास्टिक घरभित्रै उत्पादन गर्दै आएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?