८ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
गएको मंसिर ४ सम्मपन्न निर्वाचनमा उनी धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए।
प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताए ।
बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4