+
+

सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा बराइली चयन, महासचिवमा राई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १३:१३
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका नवनिर्वाचित अध्यक्ष डम्बर बराइली (दायाँ) र महासचिव हेम राई

१० पुस, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा डम्बरबहादुर बराइली निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मञ्चको विशेष साधारणसभाले सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको विशिष्ट सदस्यमा पूर्वअध्यक्ष गणेश लकान्द्री, वरिष्ठ उपाध्यक्षमा खेम तिरुवा र महासचिवमा हेम राई चयन भएका छन् । यसैगरी उपाध्यक्षहरुमा संगम गहतराज र भुपेन राई, कोषाध्यक्षमा किशोर सेन्चुरी, सचिवमा ज्ञानु गजमेर, सहसचिवमा माया सेन्चुरी र सहकोषाध्यक्षमा रञ्जित लकान्द्री चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा दूधनाथ विश्वकर्मा, राजकुमार विश्वकर्मा, रामकुमार विश्वकर्मा, विशाल सेन्चुरी, कमल विश्वकर्मा, विमल विश्वकर्मा र बमबहादुर लकान्द्री रहेका छन् ।

सर्वसम्मत निर्वाचित भएपछि अध्यक्ष बराइलीले मञ्चको एकतालाई अझ सुदृढ बनाएर लैजान आफू लागि पर्ने बताए ।

‘आफूमा जिम्मेवारी बढेको महसुस गरेको छु । पदमा पुग्नु ठूलो कुरा होइन, काम गरेर देखाउनु महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘सुनचाँदी व्यावसायीहरुको हकहित र अन्य सामाजिक कार्यमा विगतमा जस्तै अझ तदारुकताका साथ हाम्रो टिम लाग्नेछ ।’

आफ्नो दुईवर्षे कार्यकाल कसैले गुनासो गर्ने ठाउँ बाँकी नराख्ने गरी सफल बनाउन लाग्ने उनले बताए ।

सुनचाँदी व्यवसायीहरुको हकहितका लागि ६ वर्षअघि मञ्च स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?