+
+

देउवाले सहमति कार्यान्वयन गर्न सक्दिनँ भनेपछि नयाँ परिस्थिति बन्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:४१

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् ।

आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै प्रचण्डले देउवा एक साताअघि भएको सहमतिमा टिक्न नसकेको बताए ।

‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ उनले भने, हिजो आएर उहाँले मलाई असाध्यै ठूलो दबाव भयो । पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नभयो ।’

देउवा सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको उनले बताए । प्रचण्डले भने, ‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर कांग्रेस इमान्दार भएको देखिएन ।’

अब एमालेसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?