+
+

विनोद अधिकारी अमेरिकाको पेन्सिलभेनिया राज्यको पर्यटनदूतमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १६:३२

१२ पुस, काठमाडौं । विनोद अधिकारी अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा नियुक्त भएका छन्।

पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्धभावना दुतमा नियुक्ति गरिएको हो।

मंगलबार उनलाई पर्यटन मन्त्रालयका सचिव दिनेश अधिकारीले नियुक्ति पत्र दिएका छन्। चार वर्षे कार्यकालका लागि उनी नियुक्त भएका हुन्।

पर्यटन मन्त्रालयले सद्धभावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ।

अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वित्त चित्र समेत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?