+
+

यू-२० राष्ट्रिय महिला टिमका लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १६:४६

१२ पुस, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि यू-२० महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरिएको छ ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मंगलबार पहिलो चरणमा ४१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

जसमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रिती राई, दिपा शाही र अमिशा कार्की पनि समावेश छन् । उनीहरुले गत चैतमा भारतमा भएको साफ यू-१८ महिला च्याम्पियनसिप पनि खेलेका थिए ।

गत कात्तिकमा बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको टिममा रहेका फरवार्डद्वय वर्षा ओली र सेनु परियारसँगै गोलकिपर सुजाता तामाङ र मिडफिल्डर सुशीला केसी पनि प्रारम्भिक टिममा समावेश भएका छन् ।

साफ यू-२० च्याम्पियनसिप फेब्रुअरी ३ देखि ९ सम्म ढाकामा हुनेछ । च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता छ ।

नेपालले पहिलो खेल फेब्रुअरी ३ मा बंगलादेशसँग खेल्नेछ भने फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।

सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

प्रारम्भिक टोली

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ, मिरा राई

डिफेण्डर : रोजिना बस्नेत, अनिशा कुँवर, दिपा पुन, सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा चौधरी, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुसमा जिटी, सलिना सरु, मन्दिरा राई, कुसुम खतिवडा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिशा कार्की, ममता पुन, अन्जली चन्द, वर्षा ओली, सन्दिपा भोलान, सेनु परियार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?